राहु र केतुको कथा पनि विचित्रै छ— पुराण आदि पढ्नाले थाहा हुन्छ कि पृथिवीमा जीवनलाई तीन मुख्य भागमा बाँडिएको छ — मानव, असुर र दानव। यस्को अतिरिक्त देवताहरु पनि थिए जसकि आमा माता अदितिको बारेमा हामीले पहिला नै चर्चा गरिनै सकेका छौं । असुर, दानव दैत्य र देवताका पिता त एउटै थिए ऋषि कश्यप। परन्तु अलग–अलग माताको कोखबाट जन्म लिनुको कारण यिनीहरुको नाम अलग–अलग भएको हो। जस्तै— खसबाट असुर, दनुबाट दानव, दितिबाट दैत्य र अदितिबाट आदित्य (देवता)। पुराणहरुको अनुसार मनुष्य जम्बुद्विपमा, दानवहरु पातालमा, राक्षसहरु जम्बुद्विपको दक्षिण तर्फ कतै र देवताहरु स्वर्गमा वस्छन । कश्यप ऋषिको पुत्र हिरण्यकश्यपको कथा त हजुर हरुले भागवत कथामा सुनिरहनु हुन्छ नै। यही हिरण्यकश्यपकी बहिनी थिइ होलिका जो हिरण्यकश्यपको पुत्र तथा भगवान् नारायणको परम भक्त प्रह्लादलाई आफ्नो काखमा लिएर जलिरहेको अग्निमा बसि मृत्युलाई प्राप्त गरेकी थिइ। हिरण्यकश्यप कि एउटी छोरी पनि थिइ, जसको नाम थियो सिंहिका। सिंहिकाको व्याह विप्रचितिसंग भएको थियो, जस्तो कि नामबाटै थाहा हुन्छ विप्रचिति अर्थात विप्र भनेको ब्राह्मण र चिति भनेको चित्त, जस्को चित्त निरन्तर ब्राह्मण सेवामा रहन्छ त्यहीनै विप्रचिति हो। विप्रचिति र सिंहिकाको कोखबाट स्वरभानुनामक पुत्रको प्राप्ति भयो। स्वरभानुले घनघोर तपस्या गर्यो। स्वरभानु देवता सरि पूजीत हुन चाहन्थ्यो। चाहन्थ्यो कि उसलाई पनि अमरत्व प्राप्त होस्। भगवान स्वरभानुको तपस्याबाट प्रसत्र भएर भने कि हे स्वरभानु! तिमीलाई देवत्व त प्राप्तहुन सक्दैन किनकि तिम्रो जन्म असुर कुलमा भएको छ तर पनि तिमी देवताहरुको साथमा अवश्य पूजीत हुने नै छौ यो तिमीलाई मेरो वरदान भयो। यो स्वरभानुको साधना नै हो कि त्यो असुरबाट सुरमा पूजीत भयो।

श्रीमद्भागवत महापुराणको अनुसार समुद्र–मन्थनबाट चौध रत्न निस्केका थिए ती क्रमशः– १.कामधेनु गाई, २.उच्चैश्रवा घोडा, ३.ऐरावत हात्ती, ४.कौस्तुभ मणि, ५.कल्पवृक्ष, ६.रम्भा नामकी अप्सरा, ७.वारुणी नामकी कन्या, ८.पारिजात वृक्ष, ९.चन्द्रमा, १०.लक्ष्मी, ११.हलाहल विष, १२.वारुणी मदिरा, १३.शंख तथा १४.अमृत। यी चौध रत्नहरु प्रायः सबै विष समेत देवताहरुको हिस्सामा गए किनकि असुरहरुलाई यी सबमा रुचि नै थिएन, हो जब अमृत बाड्ने समय आयो तब देवताहरुका साथ–साथ असुरहरुमा पनि अमृत पिउने होडबाजी हुन थाल्यो। स्वरभानुले देख्यो कि यही नै अमरत्व प्राप्त गर्ने उत्तम अवसर हो। यही बीच भगवान् विष्णुले मोहिनी रूप धारण गरी अमृत पिलाउने काम आफ्नो हातमा लिनु भयो। मोहिनी रूप भगवान्ले देवताहरुलाई एकतर्फ तथा दानवहरुलाई अर्कोतर्फ क्रमबद्ध तरिकाले बसाल्नु भयो र अमृत पिलाउन वहाँबाट सुरु गर्नुभयो जहाँ देवताहरु बसेका थिए। स्वरभानु– जो तृषित यस घडिलाई हेरि–रहेको थियो। उसले मोहिनी रूप भगवान चातुर्यतालाई थाहा पायो र स्वयं देवताको रूप धारण गरी सूर्य र चन्द्रमाको बीचमा गएर बस्यो। मोहिनी “जो जगत् मोहित गर्छिन्” ले पनि कालवश स्वरभानुको मुखमा अमृत दिन प्रारम्भ गर्नुभयो। सूर्य र चन्द्रले जब यो सत्यलाई थाहा पाए तत्क्षण उनले स्वरभानुको भेद खोलिदिए र मोहिनी रूपी भगवान्ले अमृत पिलाउँदा पिलाउँदै स्वरभानुको शिर काट्दिनु भयो। अमृतको संसर्गको कारण स्वरभानुको शिर र धड दुबै अमर भइसकेका थिए तसर्थ ब्रह्माजीले त्यसलाई ग्रह बनाइदिनु भयो। सिंहिकाले स्वरभानुको शिर लिएर गइन्र बडा प्यारले उसको पालन पोषण गरिन्। कालान्तरमा त्यो शिरबाट सर्पको धड निस्क्यो र यसैको नाम राहु भयो। अर्कोतर्फ मिनी नामक ब्राह्मणले धड लिएर गएका थिए र त्यसलाई पनि उनी पुत्रवत् सेवा गर्दथे। यो धडलाई भगवान विष्णुले सर्पको शिर दिए र यस हिस्साको नाम केतु भयो। जो आफ्नो प्रयास तथा पूर्व–जन्मको कर्मफलको कारण ईश्वर भक्त भएर श्रद्धाको पात्र बन्यो। ऋग्वेदको अनुसार सिंहिकाको पुत्र राहु सूर्य तथा चन्द्रमालाई जब आफ्नो तमले आच्छत्र गर्दछ तब यति अन्धकार छाउछ कि व्यक्तिले आफ्नो स्थानलाई पनि चिन्न सक्दैनन्। महाभारत भीष्म पर्वको अनुसार अन्य ग्रहहरुको साथमा राहु पनि ब्रह्माको सभामा बसेको थियो। ग्रह बने पछाडि पनि राहुले वैर भावले पूर्णिमामा चन्द्रमामाथि र अमावस्यामा सूर्यमाथि आक्रमण गर्दछ। त्यसलाई नै हामी चन्द्रग्रहण तथा सूर्यग्रहण भन्दछौ। ग्रहणको अतिरिक्त पनि चन्द्रमाको आकारमा राहुको कारण परिवर्तन हुने गर्दछ। राहुलाई यही भएर नै होला नित्य राहु भनिएको। त्यो राहु जो प्रतिदिन चन्द्रमामा प्रहार गरी चन्द्रको आकारमा परिवर्तन गरिदिन्छ, पर्वराहु चन्द्रमालाई ग्रसेर ग्रहणको कारण बन्दछ। केतु राहुको नै कबन्ध हो जो राहुको साथ ग्रह बन्यो। मत्स्यपुराणको अनुसार केतु धेरै छन् जसमा प्रधान धूमकेतु छ, जहाँ राहुको स्वरूप महाभारत भीष्म पर्वको अनुसार मण्डलाकार छ र त्यहीं केतुको मण्डल ध्वजाकार मानिएको छ। शायद यही कारण हो कि यसको कल्पना झण्डाकार गरिएको छ, कहीं–कहीं त यस्तो पनि प्राप्त हुन्छ कि केतुको ध्वजा सूर्यको ध्वजाभन्दा पनि माथि लहराउछ। केतुको कारण सूर्यग्रहण हुन्छ, यद्यपि केतुको माप ६ अंगुल भनिएको छ। राहु र केतु पहिला त एउटै शरीरमा स्वरभानुको नामले चिनिने गर्दथे तर ग्रह बने पछाडि तिनीहरुको पुनर्जन्म मानिएको हो र तिनलाई पछाडि क्रमशः पैठिनस्र जैमिनी गोत्रको सदस्य मान्ने गरियो।

एउटा ध्यान दिनुपर्ने कुरा के हो भने– राहु र केतु अपवादलाई छोडेर प्रायः ल्केशकारी हुन्छन्। यो पनि भनिन्छ कि यी दुईमा केतु अपेक्षाकृत कम कष्टदायक हुन्छ र व्यक्तिलाई धर्मोन्मुख गराउँछ। द्वादश भावको केतुलाई मोक्षकारी मानिएको छ। राहु तथा केतुले हमेशा खराब–फल दिदैनन्, जस्तो कि शनि र मंगलले पनि हमेशा खराब–फल दिदैनन नि? यही कारण हो ग्रहहरुलाई भगवानको अवतारसंग तुलना गरिएको छ तसर्थ ग्रह भनेका ईश्वरका प्रतिस्वरूप हुन्। खराब दशा त हामीलाई समय–समयमा सतर्क गर्न आउछन्। जुन व्यक्तिको जन्म कुण्डलीमा जो ग्रह जुन समयमा अशुभ फलदिने वाला हुन्छ त्यो समय त्यो व्यक्ति त्यो ग्रहको भक्तिपूर्वक् पूजा–पाठ गरोस् किनकि ब्रह्मा, विष्णु तथा शंकर लगायत माता पार्वतीले पनि ग्रहहरुलाई वरदान दिनुभएको छ कि जो कोही व्यक्तिले पनि नवग्रहहरुको पूजा–पाठ गर्दछन् भने तिमीहरू त्यसको कल्याण गर्नु। ग्रहहरुलाई सबैभन्दा धेरै पूजने (पूज्यतम) योग्य मान्नु पर्दछ किनकि यो संसारको उत्पत्ति तथा विनाशको साथमा नै मानवहरुको उत्थान र पतनको कारण पनि ग्रहहरुको नै अधीनमा हुन्छ।

ज्योतिष वामन सापकोटा